Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

प्रचण्डले गैरराजनीतिक प्रवृत्ति देखाए – नेसपा


काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले प्रतिगमन विरुद्धको आन्दोलनबाट लोकतन्त्रको रक्षाका रक्षा गर्न बनेको गठबन्धन विघटन गरि नयाँ गठबन्धनसहित  प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारलाइ सकारात्मक रुपमा लिन नसक्ने बताएको छ ।

नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जारी गरेको विज्ञप्तिमा नेसपाले मुलुकमा राजनीतिक स्थिरता सहित सुशासन, दिगो विकास र समृद्धि खोजेको र अलोकतान्त्रिक र गैरराजनीतिक प्रवृत्तिहरुको भण्डाफोर गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा दृढता पूर्वक अगाडी बढ्ने प्रतिबद्धता जनाएको छ ।

संसदीय राजनीतिको फोहोरी खेलमा लागेर कुर्सीको लागि राष्ट्र र जनताको हितलाई सौदाबाजी गर्ने, सरकारमा गएर राज्यको दोहन गर्ने, परिवारवाद, नातावाद, सत्ता लिप्रमा लाग्ने प्रवृत्तिले देशलाई राजनीतिक अस्थिरता, निराशा र पश्चगमन तर्फ धकेल्ने निश्चित भएको निष्कर्ष निकालेको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?