Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्रचण्डले गैरराजनीतिक प्रवृत्ति देखाए – नेसपा


काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले प्रतिगमन विरुद्धको आन्दोलनबाट लोकतन्त्रको रक्षाका रक्षा गर्न बनेको गठबन्धन विघटन गरि नयाँ गठबन्धनसहित  प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारलाइ सकारात्मक रुपमा लिन नसक्ने बताएको छ ।

नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जारी गरेको विज्ञप्तिमा नेसपाले मुलुकमा राजनीतिक स्थिरता सहित सुशासन, दिगो विकास र समृद्धि खोजेको र अलोकतान्त्रिक र गैरराजनीतिक प्रवृत्तिहरुको भण्डाफोर गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा दृढता पूर्वक अगाडी बढ्ने प्रतिबद्धता जनाएको छ ।

संसदीय राजनीतिको फोहोरी खेलमा लागेर कुर्सीको लागि राष्ट्र र जनताको हितलाई सौदाबाजी गर्ने, सरकारमा गएर राज्यको दोहन गर्ने, परिवारवाद, नातावाद, सत्ता लिप्रमा लाग्ने प्रवृत्तिले देशलाई राजनीतिक अस्थिरता, निराशा र पश्चगमन तर्फ धकेल्ने निश्चित भएको निष्कर्ष निकालेको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?