Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथकाे पूजाअर्चना


काठमाडौं। महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गरेका छन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका छन् ।

त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजुकुमार खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, स्थानीय निकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायत कर्मचारीले स्वागत गरेका थिए ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्राध्यक्षद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ । पाशुपत क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन दर्शनका लागि लामबद्ध भएका छन् । शुक्रबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खुला राखेर भक्तजनलाई सहज दर्शनको व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । हालसम्म चार लाख ३० हजार भक्तजनले पशुपतिनाथको दर्शन गरेका कोषले जनाएको छ ।

महाशिवरात्रि मेलालाई व्यवस्थित गर्न चार हजार सुरक्षाकर्मी र चार हजार हाराहारी स्वयंसेवक खटाइएका छन् ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?