Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

महाशिवरात्रिकाे महत्त्व


-ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल

फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रिका नामले प्रसिद्ध छ । यसवर्ष फागुन २५ गते शुक्रबार देशैभर महाशिवरात्रि पर्व मनाईदै छ ।शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व

ज्योतिषशास्त्रका अनुसार प्रतिपदा आदि १६ ओटा तिथिहरुको अग्नि आदि गरिएका देवताहरु स्वामी (मालिक) हुन्छन् । अतः जुन तिथिको जुन देवता स्वामी हुन्छन्, ती देवताको त्यसै तिथिमा व्रत, पूजा आदि गर्नाले विशेष कृपा प्राप्त हुन्छ ।

शिवपूजनका विभिन्न विधिनिर्देश शास्त्रहरुमा पाइन्छन् । त्यसको यहाँ सामान्य दिशानिर्देश मात्र गरिएको छ । रातमा चार प्रहर हुने भएकाले चारै प्रहरमा भगवान् शिवको चार पटक पूजा गर्ने विधान छ ।

शिवजीलाई पञ्चामृतद्वारा स्नान गराई चन्दन, पुष्प, अक्षता, वस्त्रादिले शृंगार गरी आरती गर्नुपर्दछ । रातभर जागा बसी अधिकार अनुसार पञ्चाक्षर लगायत शिवका अन्य मन्त्रहरुको यथाशक्ति जप गर्नुपर्दछ । जपात्मक, हवनात्मक, अभिषेकात्मक रुद्रीपाठ मध्ये आपूलाई जुन सहज हुन्छ त्यही गर्ने र भगवान् शिवका अनेक मन्त्रहरुको जप गर्ने प्रचलन छ । स्कन्दपुराणमा उपवास पूर्वक रात्रि–जागरण गरेर भगवान् शिवको पूजा–उपासना गर्ने साधकको पुनर्जन्म हुँदैन भनिएको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?