Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

महाशिवरात्रिकाे महत्त्व


-ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल

फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रिका नामले प्रसिद्ध छ । यसवर्ष फागुन २५ गते शुक्रबार देशैभर महाशिवरात्रि पर्व मनाईदै छ ।शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व

ज्योतिषशास्त्रका अनुसार प्रतिपदा आदि १६ ओटा तिथिहरुको अग्नि आदि गरिएका देवताहरु स्वामी (मालिक) हुन्छन् । अतः जुन तिथिको जुन देवता स्वामी हुन्छन्, ती देवताको त्यसै तिथिमा व्रत, पूजा आदि गर्नाले विशेष कृपा प्राप्त हुन्छ ।

शिवपूजनका विभिन्न विधिनिर्देश शास्त्रहरुमा पाइन्छन् । त्यसको यहाँ सामान्य दिशानिर्देश मात्र गरिएको छ । रातमा चार प्रहर हुने भएकाले चारै प्रहरमा भगवान् शिवको चार पटक पूजा गर्ने विधान छ ।

शिवजीलाई पञ्चामृतद्वारा स्नान गराई चन्दन, पुष्प, अक्षता, वस्त्रादिले शृंगार गरी आरती गर्नुपर्दछ । रातभर जागा बसी अधिकार अनुसार पञ्चाक्षर लगायत शिवका अन्य मन्त्रहरुको यथाशक्ति जप गर्नुपर्दछ । जपात्मक, हवनात्मक, अभिषेकात्मक रुद्रीपाठ मध्ये आपूलाई जुन सहज हुन्छ त्यही गर्ने र भगवान् शिवका अनेक मन्त्रहरुको जप गर्ने प्रचलन छ । स्कन्दपुराणमा उपवास पूर्वक रात्रि–जागरण गरेर भगवान् शिवको पूजा–उपासना गर्ने साधकको पुनर्जन्म हुँदैन भनिएको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?