Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

साँच्चै नै अब परीक्षा सुरु भयाे !


-सुमना श्रेष्ठ ( शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री)

आज बाट साँच्चै नै हाम्रो परीक्षा सुरु भएको छ। देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ।सधैँ जनता माझ हुने हाम्रो प्राथमिकता हिजो एउटा सांसदका रूपमा पनि थियो र आज एउटा मन्त्रीका रूपमा पनि रहनेछ। हामीलाई आफ्ना सल्लाह, सुझाव, गुनासा राख्दै गर्नुहोला। यसको लागि हामी एउटा विशेष कार्यतालिका नै बनाउँदैछौँ। अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्नेछौँ।
साथै, अहिले बधाई भन्दा पनि तपाईँहरूको शुभकामनाको खाँचो छ। अहिले डटेर काम गर्ने मौका दिनुहोस्, बधाईको लागि पनि पछि कार्यतालिका नै बनाउँला। भेट्न इच्छा गर्नुभएका सम्पूर्णका निम्ति हामीले शुक्रवार ३-५ बजे छुट्ट्याउने गरि कार्यतालिका बनाउँदैछौँ। हाम्रो सचिवालय प्रशासनको कार्यसम्पादनलाई पनि सबल बनाउन तपाईँको सहयोग चाहिन्छ। औपचारिकतामा रुमल्लिएर बस्ने छुट यो देशसँग छैन।

यो अन्तिम उपलब्धि होइन, सुरुवात हो । विगत चौध महिनामा यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ । तपाईँहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ ।हामीले प्रश्न गरिरहँदा हाम्रो मूल मन्त्र थियो – प्रश्न सही भए उत्तर त्यहीँभित्र लुकेको हुन्छ । त्यसै कारण हामीले सही प्रश्न पहिल्याउन नै अथक मिहिनेत, लगनशील अध्ययन र इमानदार प्रयास गरिरह्यौँ । समस्या पहिल्याउने प्रतिबद्ध प्रयास गर्दागर्दै समाधान पनि त्यहीँ कतै भेटिन्थ्यो । आगामी दिनमा पनि हाम्रो कार्यशैली यस्तै रहनेछ । सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर हामी समस्याको जरासम्म पुग्ने प्रयास गर्नेछौँ र प्रश्नको उत्तर खोज्नेछौँ, समाधान पहिल्याउनेछौँ ।

सांसदका रूपमा काम गरिरहँदा जसरी हामी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राख्थ्यौँ, त्यही कार्यशैली अब पनि अपनाउने नै छौँ । हामीले हाम्रै देश बनाउनका लागि काम गर्ने हो । सजिलो बाटो त पक्कै छैन, तर सबै जनाको साथ, सहयोग र सहकार्यमा पक्कै पनि हामी त्यहाँ पुग्नेछौँ ।हामीले बोकेको लक्ष्यमा काम गर्दै गर्दा वर्तमान समयमा नेपालमा शिक्षाको आधारभूत अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक छ । मुलुकको आर्थिक अवस्थाका कारण हामीसँग पर्याप्त स्रोत नभएकाले उपलब्ध स्रोत शिक्षाको क्षेत्रमा कहाँ कहाँ र कस्तो कस्तो लगानी गर्ने भन्ने विषयमा हामी अत्यन्त सचेत हुनुपर्छ ।

कृपया हामीलाई त्यस दिन मात्र बधाई दिनुहोला जुन दिन हाम्रो काम देखिन थाल्नेछ । जुन दिन शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा हाम्रा उपलब्धिहरू बधाईका पात्र बन्नेछन् । अहिलेलाई तपाईँहरूको शुभेच्छा र शुभकामना आवश्यक छ । हामीले देखेको सपना पूरा गर्न र गन्तव्यसम्म पुग्नका लागि हामीलाई निरन्तर तपाईँहरू सबै नागरिकको साथ र कर्मचारी संयन्त्रको सहयोग चाहिन्छ ।आजको दिनमा एउटै कुरा खट्किरहेको छ, मैले मेरी माँ (हजुरआमा) लाई यो क्षणको साक्षी राखेर उहाँको आशीर्वाद लिन पाएको भए …


प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?