Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

सरकारमा सहभागी हुने दलको टुंगो नलाग्दा मन्त्रालयहरुको बाँडफाँटमा सकस !


काठमाडौं । सरकारमा सहभागी हुने दलहरुको टुंगो लागेपछि मात्र मन्त्रालयहरुको बाँडफाँट हुने भएको छ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले नेकपा एस,लोसपालगायत अन्य दलहरु को को सरकारमा सहभागी हुन आउँछन्,त्यसपछि मन्त्रालयहरुको बाँडफाँट हुने बताए ।

संसदको दोस्रो ठूलो दल नेकपा एमाले,तेस्रो दल माओवादी केन्द्र र चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व सरकारमा भइसकेको छ । पाँचौ ठूलो दल जसपाले मन्त्री नपठाए पनि शीर्ष नेताबीचको चार बुँदै सम्झौतामा हस्ताक्षर गरेर सत्ता गठबन्धनमा सामेल भइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी छ ।तर लोसपाले भारतको सिग्नल नपाई सरकारमा सहभागिता नजनाउने नेताहरु बताउँछन् । सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पनि सरकारमा सहभागी हुने पक्षमा छन् । दुवैले क्रमशः मधेश र सुदूरपश्चिमको मुख्यमन्त्री दावी गरेका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?