Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

सरकारमा सहभागी हुने दलको टुंगो नलाग्दा मन्त्रालयहरुको बाँडफाँटमा सकस !


काठमाडौं । सरकारमा सहभागी हुने दलहरुको टुंगो लागेपछि मात्र मन्त्रालयहरुको बाँडफाँट हुने भएको छ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले नेकपा एस,लोसपालगायत अन्य दलहरु को को सरकारमा सहभागी हुन आउँछन्,त्यसपछि मन्त्रालयहरुको बाँडफाँट हुने बताए ।

संसदको दोस्रो ठूलो दल नेकपा एमाले,तेस्रो दल माओवादी केन्द्र र चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व सरकारमा भइसकेको छ । पाँचौ ठूलो दल जसपाले मन्त्री नपठाए पनि शीर्ष नेताबीचको चार बुँदै सम्झौतामा हस्ताक्षर गरेर सत्ता गठबन्धनमा सामेल भइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी छ ।तर लोसपाले भारतको सिग्नल नपाई सरकारमा सहभागिता नजनाउने नेताहरु बताउँछन् । सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पनि सरकारमा सहभागी हुने पक्षमा छन् । दुवैले क्रमशः मधेश र सुदूरपश्चिमको मुख्यमन्त्री दावी गरेका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?