Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

हुन्डी कारोबारमा संलग्न तीन भारतीयसहित पाँचजना पक्राउ


बारा। हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा दुई नेपाली र तीन भारतीय नागरिक गरि पाँचजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रु २१ लाख नगद समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारीका २९ वर्षीय रञ्जित सर्राफ, ४२ वर्षीय कृष्णलाल प्रसाद र  ४० वर्षीय रविशङ्कर सिंह तथा बाराको कलैया उपमहानगरपालिका-७ का ३१ वर्षीय कलामुद्दिन अंसारी र कलैया – ४ का ३९ वर्षीय मेराजुलहक अंसारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन्  ।
जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले कलैया-६  अस्पताल रोडबाट रञ्जित सर्राफलाई रु पाँच लाखसहित पक्राउ गरेको थियो । सर्राफले दिएको बयानमा आधारमा अन्य चारजनालाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए । यस्तै पक्राउ परेका भारतीय नागरिकबाट रु १६ लाख नौ हजार बरामद गरिएको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?