Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

फुटपाथ ब्यापारीको सुविधासम्पन्न घर देखाएर बालेनकाे व्यंग्य-“कहिलेकाहीँ चिया खान बोलाउनुस् न !’


काठमाडाैं । काठमाडौं महानगरपालिका मेयर  बालेन शाहले नगर प्रहरीलाइ आक्रमण गर्ने  बास्तिवक पीडित नभइ एमाले कार्यकर्ता भएकाे आराेप लगाएका छन । आक्रमणमा घाइते भएका बद्री देवकाेटाकाे सुविधासम्पन्न घरकाे फाेटाे राखेर उनले यस्ताे भनेका हुन । आन्दोलन गर्ने फुटपाथ ब्यापारीको काठमाडौंमा रहेको ठुलो घरको पोस्ट शेयर गर्दै काठमाडौं महानगरपालिका मेयर  बालेन शाह लेख्छन् , “राम्रो घर छ बद्री जी कैले काहीँ चिया खान बोलाउनुस् न

सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताए । घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर  भएको उनको भनाइ छ । त्यस क्षेत्रमा सडक व्यापार नगर्न १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका थियाे । गएको १५ दिनअघि देखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए ।

 


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?