Trending
>>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल >>   सन् २०३० सम्म ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने इजिप्टको लक्ष्य >>   चार एसपी एसएसपीमा बढुवा >>   मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारबाही >>   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध चाहनुहुन्छ ? अपनाउनुहोस यी प्रभावकारी उपाएहरु
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

आजको परिवर्तन सहिदको बलिदानको परिणाम: मन्त्री शर्मा


घोराही । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आजको राजनीतिक परिवर्तन सहिदको बलिदानको परिणाम भएको बताउनुभएको छ । सहिदको रगत, पसिना र त्यागको जगमा संङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसमाथि कसैले चुनौती दिन नसक्ने बताउनुभयो ।

सहिद सप्ताहको अवसरमा नेकपा माओवादी केन्द्रले दाङको घोराही उपमहानगरपालिका- ६ स्थित सहिद पार्कमा आयोजना गरेको कार्यक्रममा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सदिहहरुको सालिकमा माल्यार्पण गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री शर्माले अहिलेको व्यवस्था र परिवर्तन प्रति धेरै सहिदहरुको त्याग र वलिदानलाई कोही कसैले पनि अवमुल्यन गर्न नमिल्ने भन्दै उहाँले सहिदको वलिदान सधै अमूल्य रहेको बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उहाँको भनाई थियो । अहिले अस्थिरता चाहनेहरुले विद्यमान व्यवस्थामाथि आलोचना गरेपनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

मु्लुकमा व्यवस्था परिवर्तनका लागि भएका युद्ध र आन्दोलनका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाई गर्न नहुने बताउनुभयो ।

‘मुलुकमा शान्ति प्रकृयाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रकृयाको काम ६ महिनामा टुंगो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भई सक्यो, अब शान्ति प्रकृयाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडो भन्दा चाँडो सार्थक टुंगोमा पुर्‍याउनुपर्छ । यसका लागि सरकार गम्भीर रुपमा लागि परेको छ’, उहाँले भन्नुभयो ‘सरकारको विशेष प्रक्रियामा रहेको संक्रमणकालिन न्याय सम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने प्रक्रियामै छौँ ।’

वेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूणर् विषय भएको बताउँदै उहाँको जनआन्दोलनका क्रममा घाईते भएका योद्धाहरुको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताउनुभयो ।

जुनसुकै पार्टीमा आस्था राख्ने पनि मु्लुकको हितका लागि गरिएको आन्दोलन सबैको साझा भएको भन्दै यो व्यवस्थाको रक्षा गर्नु सबैको दायित्व भएको उहाँको भनाई थियो । ‘सहिदले बगाएको रगत खेर जाने छैन र खेर जान दिनु हुँदैन’ उहाँले भन्नुभयो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल मारिएको दिनदेखि सुखानी हत्याकाण्डसम्म पारेर माओवादी घटकहरुले हरेक वर्षको फागुन १४ देखि फागुन २१ सम्म सहिद सप्ताहको रुपमा मनाउँदै आएका छन् ।
कार्यक्रममा सहिद पिता एवम् माओवादी केन्द्रका प्रदेश सल्लाहकार जगबीर चौधरी, दाङ जिल्ला सचिव विश्वराज आचार्यलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?