Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

मेयर बालेनको आरोप– एमाले कार्यकर्ताले पहिले नगर प्रहरीमाथि आक्रमण गरे


काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले गएको बुधबार साँझ सुन्धारामा एमाले कार्यकर्ताले नगरप्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले बुधबारको घटनाबारे स्पष्टीकरण दिँदै नगर प्रहरीले कसैलाई आक्रमण नगरी आत्मरक्षा मात्रै गरेको दाबी गरे । नगर प्रहरीमाथि स्टील र फलामका रडले आक्रमण भएपछि प्रतिकार गरेको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नगरप्रहरीमाथि आक्रमण गर्नेहरु फुटपाथ ब्यापारी नभई एमाले कार्यकर्ता हुन् । उनीहरुले पहिले स्टील र फलामका रडले आक्रमण गरेपछि नगरप्रहरीले प्रतिकार गरेको हो ।’ बालेनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओ आधा मात्रै भएको र नगरप्रहरीमाथि आक्रमण गरिएको भिडियो नआएको बताएका छन् । भिडियोमा देखिएका अधिकाशं व्यक्तिहरु एमाले कार्यकर्ता भएको बालेनले दावी गरेका छन् ।

गत बुधबार साँझ फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । झडपमा केही फुटपाथ व्यपारी र नगरप्रहरी घाइते भएका थिए ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?