Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मेयर बालेनको आरोप– एमाले कार्यकर्ताले पहिले नगर प्रहरीमाथि आक्रमण गरे


काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले गएको बुधबार साँझ सुन्धारामा एमाले कार्यकर्ताले नगरप्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले बुधबारको घटनाबारे स्पष्टीकरण दिँदै नगर प्रहरीले कसैलाई आक्रमण नगरी आत्मरक्षा मात्रै गरेको दाबी गरे । नगर प्रहरीमाथि स्टील र फलामका रडले आक्रमण भएपछि प्रतिकार गरेको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नगरप्रहरीमाथि आक्रमण गर्नेहरु फुटपाथ ब्यापारी नभई एमाले कार्यकर्ता हुन् । उनीहरुले पहिले स्टील र फलामका रडले आक्रमण गरेपछि नगरप्रहरीले प्रतिकार गरेको हो ।’ बालेनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओ आधा मात्रै भएको र नगरप्रहरीमाथि आक्रमण गरिएको भिडियो नआएको बताएका छन् । भिडियोमा देखिएका अधिकाशं व्यक्तिहरु एमाले कार्यकर्ता भएको बालेनले दावी गरेका छन् ।

गत बुधबार साँझ फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । झडपमा केही फुटपाथ व्यपारी र नगरप्रहरी घाइते भएका थिए ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?