Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

देशभित्रै उच्च तलब दिने रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहीत गरौं : गगन थापा


ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै उच्च तलब दिने रोजगारी सिर्जना गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन् ।

नेपाल इञ्जिनियर्स एसोसियसन, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजना र के एण्ड ए इञ्जिनियरिङ कन्सल्टिङको समन्वयमा आयोजित ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषक अन्तरक्रियामा बोल्दै थापाले धेरै तलब दिने रोजगारीको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरु रोजगारी आफै सिर्जना गर्ने थापाको भनाई थियो । उनले नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा के एण्ड के इन्जिनियरिङ्का अध्यक्ष पूर्ण खरेलले नेपालमा इञ्जिनियरहरुको प्रशस्तै सम्भावना रहेको बताए । उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको ३ वर्षमा ६ सय इञ्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए । “इन्जिनियरिङ अध्ययनका लागि प्लस टू सक्नासाथ देश छाडेर जान आवश्यक छैन । यहीँको कलेज राम्रो छ । विदेशको काम नेपालबाटै गर्न सकिन्छ । अवसर नेपालमै आउँदैछ ,” खरेलले भने । तर, उनले इलेक्टिकल इन्जिनियरको माग बढेपनि पढ्नेको संख्या घटिरहेकोतर्फ भने चिन्ता व्यक्त गरे ।

अन्तरक्रियामा नेपाल इन्जिनियर्स एसोसियनका महासचिव रवि भूषण झाले विदेशको काम ल्याएर नेपालमा रोजगारी दिइरहेका कम्पनीहरुलाई सरकारले सहुलियत दिनुपर्ने बताए । ‘इञ्जिनियरिङ क्षेत्रले अहिले बाहिरको काम ल्याएर नेपालमै राम्रो तलब सुविधा दिने गरि रोजगारी सिर्जना गरिररहेको छ । यो सुखद् पक्ष हो ,” उनले भने,“सरकारले नीतिगत रुपमै सहजीकरण गरे वर्षेनी थप हजारौं रोजगारी सिर्जना हुन्छ । यसतर्फ ध्यान पुगोस् ।”
कार्यक्रममा अन्य वक्ताहरुले नेपालको इञ्जिनियरिङ शिक्षा विश्वस्तरको रहेको भन्दै नेपाली विद्यार्थीलाई बाहिर जानबाट रोक्नका लागि सरोकारवालाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?