Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

देशभित्रै उच्च तलब दिने रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहीत गरौं : गगन थापा


ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै उच्च तलब दिने रोजगारी सिर्जना गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन् ।

नेपाल इञ्जिनियर्स एसोसियसन, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजना र के एण्ड ए इञ्जिनियरिङ कन्सल्टिङको समन्वयमा आयोजित ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषक अन्तरक्रियामा बोल्दै थापाले धेरै तलब दिने रोजगारीको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरु रोजगारी आफै सिर्जना गर्ने थापाको भनाई थियो । उनले नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा के एण्ड के इन्जिनियरिङ्का अध्यक्ष पूर्ण खरेलले नेपालमा इञ्जिनियरहरुको प्रशस्तै सम्भावना रहेको बताए । उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको ३ वर्षमा ६ सय इञ्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए । “इन्जिनियरिङ अध्ययनका लागि प्लस टू सक्नासाथ देश छाडेर जान आवश्यक छैन । यहीँको कलेज राम्रो छ । विदेशको काम नेपालबाटै गर्न सकिन्छ । अवसर नेपालमै आउँदैछ ,” खरेलले भने । तर, उनले इलेक्टिकल इन्जिनियरको माग बढेपनि पढ्नेको संख्या घटिरहेकोतर्फ भने चिन्ता व्यक्त गरे ।

अन्तरक्रियामा नेपाल इन्जिनियर्स एसोसियनका महासचिव रवि भूषण झाले विदेशको काम ल्याएर नेपालमा रोजगारी दिइरहेका कम्पनीहरुलाई सरकारले सहुलियत दिनुपर्ने बताए । ‘इञ्जिनियरिङ क्षेत्रले अहिले बाहिरको काम ल्याएर नेपालमै राम्रो तलब सुविधा दिने गरि रोजगारी सिर्जना गरिररहेको छ । यो सुखद् पक्ष हो ,” उनले भने,“सरकारले नीतिगत रुपमै सहजीकरण गरे वर्षेनी थप हजारौं रोजगारी सिर्जना हुन्छ । यसतर्फ ध्यान पुगोस् ।”
कार्यक्रममा अन्य वक्ताहरुले नेपालको इञ्जिनियरिङ शिक्षा विश्वस्तरको रहेको भन्दै नेपाली विद्यार्थीलाई बाहिर जानबाट रोक्नका लागि सरोकारवालाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?