Trending
>>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   रेड पाण्डाको छाला सहित एक जना पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ >>   हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै


पर्वत। पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र हुने भएको हो ।

उक्त जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिएका छन्। अधिकारीका अनुसार दक्षिण पर्वतको चिसापानी–हातेमालोचोक–त्रिवेणी–पोखरचौर सडक खण्ड कालोपत्र सम्पन्न भइसकेको छ भने कुश्मा नगरपालिका–१ पाङ नुवारदेखि वडा नं २ को हिमालय माविसम्मको छ किलोमिटर लामो सडक कालोपत्रको काम भइरहेको छ ।

सो सडकका लागि यस वर्ष रु आठ करोड विनियोजन भएकामा अहिलेसम्म २० प्रतिशत काम भइसकेको कार्यालयले जनाएको छ । त्यस्तै, मोदी गाउँपालिकाको शेराबेँसी मोहोरिया हुँदै झिलिबराङ जाने सडक दुई किलोमिटर कालोपत्र हुने छ भने मख ठूलीपोखरी–देउपुर सडक पनि दुई किलोमिटर कालोपत्र गर्नेगरी योजना सुरु भइसकेको छ भने यी दुवै योजनाका लागि रु दुई करोड ५० लाखको दरले बजेट विनियोजन भएको छ ।

उक्त कार्यालयका अनुसार मिलनचोक–धाइरिङ–घाखेत सडकअन्तर्गत यस वर्ष आठ किलोमिटर कालोपत्र हुने भएको छ भने बहुवर्षीय योजनाअन्तर्गत रहेको यो सडक लामो समयदेखि अलपत्र रहकामा गत असोजदेखि धमाधम निर्माण भइरहेको छ । यसवर्ष काम सम्पन्न हुने अपेक्षा गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिएका छन् ।

त्यसैगरी, मोदी गाउँपालिकाको रतिखोला–दराक चित्रे सडक पनि कालोपत्रको चरणमा रहेको छ । तेह्र किलोमिटर लामो यो सडक कालोपत्रका लागि समपूरक बजेटबाट रु १८ करोड विनियोजन भएको छ भने चालू आर्थिक वर्षको ठूलो योजनाका रुपमा रहेको यो सडक यस वर्ष सम्झौता मात्र गर्न सकिने र अर्को आर्थिक वर्षदेखि कालोपत्रको काम सुरु गरिने भएको छ ।

त्यसैगरी, फलेवास नगरपालिकाअन्तर्गत हिलेखोला–कार्कीनेटा–थापाठाना–फलेवास सडक खण्डमा पनि चार किलोमिटर सडक कालोपत्र हुने भएको छ । सो सडकको पनि ठेक्का लागिसकेको छ । उक्त सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । त्यसैगरी, गँगटे– आर्थर सडक खण्डमा पनि कालोपत्रका लागि काम सुरु भएको छ भने रु पाँच करोड विनियोजन भएकामा यस वर्ष झन्डै दुई किलोमिटर सडक कालोपत्र नै हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । यो सडक निर्माणको काम धमाधम भइरहेको उहानको भनाइ रहेको छ ।

त्यसैगरी, कालोपत्रबाहेक विभिन्न सडक ढलान गर्ने योजना पनि रहेका छन् भने रु ३० लाखभन्दा कम बजेट विनियोजन भएका सडक ढलान गर्ने योजना पनि धमाधम सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । पर्वतमा यसवर्ष एक सय ३२ वटा पूर्वाधारका योजना रहेको र तीमध्ये अधिकांश योजना कार्यान्वयनमा गइसकेका छन् ।

जनशक्तिको अभावका कारण कतिपय योजनाको विस्तृत सर्भेक्षण गर्न र बेलपत्र आह्वान गर्न समस्या भइरहेको अधिकारीले बताएका छन् । पर्वतमा यस वर्ष प्रदेश र सङ्घीय सरकारबाट गरी पूर्वाधार योजनाका लागि रु एक अर्ब नौ लाख बराबार बजेट विनियोजन भएको थियो भनेनौवटा क्रमागत योजना, दुईवटा कृषि सडक, १४ वटा सङ्घीय सरकारद्वारा हस्तान्तरित र प्रदेश सरकारका नयाँ ९४ वटा योजना रहेका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?