Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुपर्छः मन्त्री शर्मा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ । बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्ता नयाँ उत्साह र योजनाका साथ अघि बढ्नपर्ने बताउनुभयो ।

माओवादीले जनयुद्ध गरेपछि २०५२ साल फागुन १४ गते तत्कालीन सरकारद्वारा दिलबहादुर रम्तेल मारिएको स्मरणमा अखिल क्रान्तिकारीले हरेक वर्षको फागुन १४ गतेलाई बलिदान दिवसको रुपमा मनाउँदै आएको छ । फागुन १४ को रम्तेले हत्यादेखि फागुन २१ को सुखानी हत्याकाण्डसम्मलाई जोडेर माओवादी केन्द्रलगायतका दलहरुले सहिद सप्ताह मनाउँदै आएका छन् ।

सोही क्रममा अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताउनुभयो । ‘आजको तपाइँको पुस्ता यसकारण भाग्यमानी हो, जसले निरंकुशता भोग्नुपरेको छैन । जेल, नेल, यातना सहनुुपरेको छैन’– उहाँले भन्नुभयो– ‘हिजोको पुस्ताले बगाएको आँसु, रगत र पसिनाको योगफल नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो, यसकै परिणाम आजको पुस्ता स्वतन्त्रताको खुला आकाशमा रमाउन पाएको छ ।’

त्यसैले स्वतन्त्रता सेनानीको रुपमा रहेका अग्रज पुस्ताको सम्मान गर्दै नयाँ पुस्ता अबको युगको नेतृत्व लिन तयार हुनुपर्ने उहाँले स्पष्ट गर्नुभयो । ‘पुरानो पुस्ताको बलिदानका कारण राजनीतिक व्यवस्था बदलियो’– मन्त्री शर्माले भन्नुभयो– ‘अब बदलिएको राजनीतिक व्यवस्थाको फराकिलो धरातलमा टेकेर नयाँ पुस्ताले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व लिनुपर्छ ।’

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरिसकेको जानकारी दिंदै उहाँले यो अभियानलाई पूरा गर्ने मुख्य अभिभारा नयाँ पुस्ताको काँधमा रहेको बताउनुभयो । वर्तमान सरकार गठन भएपछि ठूलाठूला अनियमिताका फाइल खुलिरहेको चर्चा गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘कतिपयले अहिले किन धेरै काण्डहरु सार्वजनिक भइरहेका छन् भनेर पनि प्रश्न गर्ने गरेका छन् । यी काण्डका आजका होइन, वर्षौदेखि थुप्रिएका अनियमिताका फाइल खोज्ने सरकारको पहलकदमीको परिणाम नै यी काण्डहरु सार्वजनिक भइरहेका छन् ।’

विगतका राजतन्त्रकालमा कानुन सानाका लागि मात्रै भएको र शासकहरुले जे गरे पनि छुट हुने अवस्था रहेको स्मरण गराउँदै उहाँले अब गणतन्त्रमा सबै बराबर हुने भएकाले पनि उच्च पदस्थहरुमाथि धमाधम कानुन आकर्षित भइरहेको बताउनुभयो । ‘गणतन्त्रले स्थापित गरेको महत्वपूर्ण भाष्य भनेको गणतन्त्रमा गल्ती गर्ने छुट हुँदैन भन्ने नै हो’– उहाँले थप्नुभयो– ‘गल्ती गरे जोकोही पनि सजायको भागिदार हुनुपर्छ, यही नै गणतन्त्रको सार हो ।’


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?