Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

जनअपेक्षा सम्बोधन हुने गरी काम गर्ने कांग्रेस राष्ट्रिय सभा सांसदहरूकाे प्रतिबद्धता


काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कांग्रेस राष्ट्रिय सभा प्रमुख सचेतक अनिता देवकोटाका अनुसार आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा वहालवाला राष्ट्रिय सभा सदस्य कमला पन्त, अनिता देवकोटा, कृष्णप्रसाद पौडेल, दुर्गा कुमारी गुरुङ, नारायणदत्त मिश्र र माननीय युवराज शर्माले संसदीय अनुभवबारे बताउनु भएकाे थियो ।

निवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरु कृष्णप्रसाद सिटौला,आनन्द प्रसाद ढुंगाना, विष्णु देवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?