Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

आजदेखि दुग्ध किसानको क्रमबद्ध आन्दोलन


काठमाडौं। सरकारले आफ्ना समस्या समाधान नगरेको भन्दै दुग्ध उत्पादक किसानले आजबाट क्रमबद्धरुपमा आन्दोलन गर्ने भएका छन् । विभिन्न सङ्घसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष १६ बुँदे माग राख्दै सो क्रमबद्धरुपमा आन्दोलन गर्ने भएका हुन् ।

आज राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र बुझाउने कार्यक्रम रहेको अखिल नेपाल किसान महासङ्घका उपसचिव सरिता भुसालले बताएकी छन् । भोलि सोमबार आफ्नो मागहरूका बारेमा संघीय संसद कोष, सहकारी तथा समितिसँग छलफल गर्ने, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नारा जुलुशसहित धर्ना दिने र ज्ञापन पत्र बुझाउने उनले बताइन् ।

त्यसैगरी, उनले फागुन १७ गते विहान १० बजेदेखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने सुनाएकी छन् भने फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरी माग पूरा नभएसम्म निरन्तर जारी रहने उनको भनाइ रहेको छ ।

बिक्री नभएको दूधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दूध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत १६ बुँदे उनीहरुले माग समेत गरेका छन् ।

त्यस्तै, पछिल्लो समय करिब ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन नसकेको उनीहरुले दाबी गरेका छन् भने दूधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउन , भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दूधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?