Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

अब्राहम लिंकनकाे चिठ्ठी: जीवनभर पुस्तकमा पढेकाे एउटा भाइरल झुठ !


-हाेमराज आचार्य

हाम्रो पाठ्यपुस्तक अडिटको रिपोर्ट सार्वजनिक भएको छ । मैले अडिटको क्रममा पत्ता लागेको एउटा तथ्य फोटोमा राखेको छु । यो कक्षा १० को नेपाली पेज नं. २४३ को सुनाइ पाठको फोटो हो । पहिलो कुरा त अब्राहम लिंकनले यो चिठी कहिले लेखेनन् । यो इन्टरनेट होक्स रहेछ । हामीले नेपाली विध्यार्थीहरुलाई इन्टरनेटको भाइरल झुठ पढाइरहेका रहेछौं । दोस्रो कुरा, अब्राहम लिंकनको हत्याबाट मृत्यु Apri 2 तारीख़ १८६५ मा भएको हो ।

तर चिठीको डेट फेब्रुअरी ४ १८८२ अर्थात् उनको मृत्यु भएको १७ बर्षपछि रहेको छ। चिहानबाट उठेर आई लेखेका त थिएनन् होला । हामीले यो चिठीको Authenticity भेरिफाई गर्न अमेरिकाको स्प्रिंगफिल्ड, ईलनोइ स्थित लिंकन राष्ट्रपतीय लाइब्रेरी एवं म्यूज़ियमलाई पत्राचार गर्यौं र उनीहरूले भेरिफाई गरेर भने लिंकनले उक्त चिठी कहिले लेखेका थिएनन् । यदि नेपाली पाठ्यपुस्तकमा लिंकनले लेखेको चिठी समावेस गर्ने इच्छा नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको रुचि छ भने हामी सहयोग गर्न सक्छौं पनि भने । यस्ता तमाम मिथ्याहरु पाठ्यपुस्तकमा छन् । अब हामी संसदको शिक्षा समितिसंग अडिटले देखाएका तमाम विषयमा छलफल गर्न चहान्छौं । मिडियाहरुलाई इन्टेरेस्ट छ भने सम्पर्क गर्नु होला ।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?