Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

क्यानभासमा रंग लगाएर राष्ट्रपतिले उद्घाटन गरे ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’


काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजित‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’को अवलोक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरुको प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच उदघाटन गर्नुभयो । क्यानभासमा रंग लगाएर राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो ! सो अवसरमा त्यहाँ राखिएका चित्रकलाकाे राष्ट्रपति पाैडेलले अवलाेकन पनि गर्नुभयो ।

कला, संस्कृति र पर्यटन प्रवर्धनको उदेश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौंले गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको र चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन त्यसबाट सहयोग पुगेको जनाइएको छ ।

नेपाल, अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएको चित्रकला कार्यशाला र ५० देशभन्दा बढीका चित्रकारद्वारा सिर्जना गरिएका चित्रसहित वृहत चित्रकला प्रदर्शनी यहाँ गरिएको हाे । यस्तो प्रदर्शनीको माध्यमबाट उक्त नगरपालिका र सिंगो देशकै अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँने काममा योगदान पुग्ने बताइकाे छ ।


प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?