Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

श्रीमान-श्रीमती विच झगडा भइरहन्छ ? सुख शान्तिका लागि अपनाउनुहोस् यी उपाय


हामि सबैको चाहाना घरमा झगडा, कलह नभई सुख शान्ति रहोस भन्ने नै हुन्छ। तर वास्तु दोषका कारण धेरैको इच्छा पुरा हुँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान हुने वास्तुको मान्यता छ ।

१ . कोठामा आओस् सूर्यको प्रकाश
घरमा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउनु वास्तु अनुसार राम्रो मानिन्छ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबिच प्रेम र स्नेह बढ्दछ ।

२ . ओच्छ्यानमा यी कुरा नहोस्
श्रीमान-श्रीमती को लागि काठको बेड नै सबैभन्दा शुभ मानिन्छ । सुत्ने खाट, पलङ वा ओच्छ्यान कहिल्यै धातुको हुनु हुँदैन । यस अलावा श्रीमान-श्रीमती सुत्ने बेडमा एक डसना भएको हुनु पर्दछ । दुई डसना जोडेर बनाएको वा गासेको ओच्छ्यानमा सुते पति पत्नीबिच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

३ . पूर्व या उत्तरमा डाइनिङ रुम
डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनु पर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।

४ . पर्खाल चर्किएको( फाटेको ) हुनु हुँदैन
यदि घरको कुनै पर्खाल (वाल) भत्किएको वा फाटेको भए त्यसलाई तुरुन्तै मर्मत गर्नु पर्दछ । घरका पर्खाल फाट्दा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ ।

५ .उत्तर दिशामा तुलसीको बोट
घर झगडा भए घरको उत्तर दिशामा तुलसीको बोट रोप्नुलाइ उत्तम मानिन्छ । यसो गरे घर झगडा, विवाद र परिवार बिचको आपसी मनमुटाब हटेर जाने र पारिवारिक मेलमिलाप बढ्ने वास्तुको मान्यता छ। उक्त्त मठमा साँझमा अनिवार्य दियो बाल्नु पर्ने धार्मिक मान्यता छ ।


प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?