Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकः महासमिति बैठकका प्रस्तावहरूमाथि केन्द्रीय सदस्यले धारणाा राख्ने


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । बिहीबार र शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार सम्मको लागि लम्बिएको छ । बिहीबार पार्टी कार्यालय, सानेपामा जारी बैठकमा तीनै वटा प्रस्ताव पेस गरिएको छ । यसलाई केन्द्रीय कार्यसमिति बैठकले पास गरेर महासमितिमा छलफल गरिने छ ।

यसबीच, कांग्रेसले महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेस गर्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेस गर्न लागिएको हो । यस्तै महासमितिमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेस गर्नेछन् । गगन थापाले सांगठनिक र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्ने तयारी छ ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?