Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

कांग्रेस केन्द्रीय समिति बैठकः महासमितिको तीन प्रस्ताव अनुमोदन हुँदै


काठमाडाैं । कांग्रेस महासमिति बैठकमा आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक र राजनीतिक विषय समेटिएको ५६ पृष्ठको नीति प्रस्ताव पेस हुने भएको छ । नीति अधिवेशन गर्ने गरी कांग्रेसले ७ देखि १० फागुनसम्म महासमिति बैठक आयोजना गर्दै छ । प्रतिवेदन पार्टीका उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको नीतिगत प्रस्ताव समितिले तयार गरेको हो । प्रतिवेदन बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले पारित गर्न बाँकी छ ।

कार्यसमिति बैठकमा महामन्त्री गगन थापाको संयोजकत्वमा तयार भएको सांगठनिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पेस हुने विश्वकर्माले बताए । बैठकले महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिको नामसमेत अनुमोदन गर्नेछ । केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापाको संयोजकत्वमा तयार भएको सांगठनिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन अनुमोदन गर्नेछ ।


प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?