Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

किन फरफराउँछ आँखा ?यस्ता छन् कारण


काठमाडौं । कुनै  न कुनै समय तपाइँ हाम्रो आँखा अवश्य फरफराएको हुनुपर्छ। आँखा विभिन्न कारणवाट फरफराउन सक्छ तर हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने अन्धविश्वास छ ।

सामुद्रिक शास्त्रअनुसार आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको पूर्वसङ्केतका रूपमा लिइन्छ । पुरुषको दायाँ आँखा फरफराएको शुभ मानिन्छ। पुरुषको दायाँ आँखा फरफराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ । तेस्तै महिलाको बायाँ आँखा फरफराउनु शुभ मानिन्छ । महिलाको बायाँ आँखा फरफराएमा सुनचाँदी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।

तर चिकित्सकहरूका अनुसार धेरै तनाव र थकानका कारण निद्रा नपुग्दा, म्याग्नेसियमजस्ता केही पोषक तत्त्वको कमी हुँदा, चिया, कफी वा अल्कोहल बढी सेवन गरेमा र कसैको आँखामा एलर्जी भई पानी आएमा, चिलाएमा आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा, आँखा फरफराउने समस्या हुन सक्छ ।

आखा फरफराउनु पुर्णतया हाम्रो जैविक कारण हो । आँखा वरपरका साना मांसपेशी तथा नशामा हुने हलचलकै कारण आँखा फरफराउँछ । यो फरफराई केही सेकेण्ड देखि केहीघण्टासम्म हुनसक्छ । कसैकसैलाई हप्तादिनसम्म पनि आँखा फरफराउने गर्छ ।


प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?