Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

किन फरफराउँछ आँखा ?यस्ता छन् कारण


काठमाडौं । कुनै  न कुनै समय तपाइँ हाम्रो आँखा अवश्य फरफराएको हुनुपर्छ। आँखा विभिन्न कारणवाट फरफराउन सक्छ तर हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने अन्धविश्वास छ ।

सामुद्रिक शास्त्रअनुसार आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको पूर्वसङ्केतका रूपमा लिइन्छ । पुरुषको दायाँ आँखा फरफराएको शुभ मानिन्छ। पुरुषको दायाँ आँखा फरफराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ । तेस्तै महिलाको बायाँ आँखा फरफराउनु शुभ मानिन्छ । महिलाको बायाँ आँखा फरफराएमा सुनचाँदी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।

तर चिकित्सकहरूका अनुसार धेरै तनाव र थकानका कारण निद्रा नपुग्दा, म्याग्नेसियमजस्ता केही पोषक तत्त्वको कमी हुँदा, चिया, कफी वा अल्कोहल बढी सेवन गरेमा र कसैको आँखामा एलर्जी भई पानी आएमा, चिलाएमा आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा, आँखा फरफराउने समस्या हुन सक्छ ।

आखा फरफराउनु पुर्णतया हाम्रो जैविक कारण हो । आँखा वरपरका साना मांसपेशी तथा नशामा हुने हलचलकै कारण आँखा फरफराउँछ । यो फरफराई केही सेकेण्ड देखि केहीघण्टासम्म हुनसक्छ । कसैकसैलाई हप्तादिनसम्म पनि आँखा फरफराउने गर्छ ।


प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?