Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो


-बाबुराम भट्टराई

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो!

पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य-विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो!

दोश्रो पटक, बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरू (२०५२ फागुन १ गतेबाट २०६३ मंसीर ५ गते) सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको वेला, जसले एकात्मक राजतन्त्रात्मक नेपाली राज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो!

त्यो ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाॅ इतिहास निर्माण गर्न पाएकोमा सधैं गर्वको अनुभूति हुन्छ! त्यो महान् जनक्रान्तिमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन तथा वेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान! ( यहाॅ संलग्न फोटो दश बर्षे जनयुद्ध शुरू गर्न भूमिगत हुनुभन्दा चार दिन पहिले कान्तिपुरसंग कुराकानीको क्रममा खिचिएको!)

परन्तु जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य हुॅदैन! त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहन्छ। कतिपय हिॅजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिंगा डुबे झैं डुब्झन्! तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानवजातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन्!

त्यसैले जनयुद्ध दिवसमा नयाॅ प्रण गरौं- हामी चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौं! सुशासित,समुन्नत,समाजवादी नयाॅ नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनेछौं!


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?