Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


१ चैत्र ,बागमती । मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज दिउँसो मकवानपुरको भीमफेदी–४, ठूलो गुन्डेङ भन्ने स्थानमा भैसेतर्फ आउँदै गरेको ना२ह ४६८९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ९० मिटर तल खोल्सिमा खस्दा अटो चालक भीमफेदी–२, भैसे बस्ने ६५ वर्षीय सुब्बा बज्यु तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै आजै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङमा नवलपुरबाट हेटौडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६९४३ नम्बरको मालवाहक गाडीले ठक्कर दिँदा हेटौँडा–१४, नयाँबस्ती बस्ने ५० वर्षीया शान्तीमाया मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन्‌।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?