Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति समातिए


१ चैत्र ,काठमाडौँ । सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–२५ घर भई काठमाडौँ बस्ने २४ वर्षका पारस शाहलाई पक्राउ गरेको हो ।

केही व्यक्तिले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको छ भन्ने सूचनाका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा शाह पक्राउ परका हुन् । शङ्का लागेर उनको शरीर खानतलासी गर्दा ‘इ’ वर्गको लाइसेन्सलाई ए, बी र इ वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको फेला परेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनका अनुसार शाहलाई लिखत कसुरमा अनुसन्धान तथा थप कारवाहीका लागि आज प्रहरी वृत्त गौशालामा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै कार्यालयले आज बैंकिङ कसुर मुद्दाका फरार धादिङको गङ्गा जमुना गाउँपालिका–६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ५० वर्षीय पुरनबहादुर घलेलाई आज पक्राउ गरेको छ ।

उनी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले रु ३६ लाख ८८ हजार पीडितलाई बिगो भराइ रु ३६ लाख ८८ हजार जरिवाना, रु एक लाख ४७ हजार क्षतिपूर्ति शुःल्क भराउनुका साथै आठ दिन कैद सजाय ठहर भई फरार रहेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली काठमाडौँले पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिएका छन्‌ ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?