Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका-६ ठेगाना भएका ६७ वर्षीय रामभक्त थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रूपैयाँ ७४ पैसा विगो बमोजिम जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी थापाले निज संचालक रहेको काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी ८ करोड ५० लाख रूपैयाँ कर्जा लिई सो कर्जा दुरूपयोग गरी फाइनान्स कम्पनी लिमिटेडलाई विगो बराबर हानी नोक्सानी पुर्‍याएको भन्ने बैंकिङ कसूर मुद्दामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?