Trending
>>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०८ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि !
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्याेतिषी रिजाल सम्मानित


काभ्रेपलान्चोक । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा माघ २७ र २८ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्याेतिषीय क्षेत्रमा पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै ज्याेतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाललाई सम्मानित गरेकाे हाे । जीवनकाे सम्पूर्ण समय ज्याेतिष तथा वास्तुका क्षेत्रमा समर्पित गरेका रिजालले समय सान्दर्भिक गर्ने भविष्यवाणीका कारण चर्चामा रहने गरेका छन् । रिजाल दक्षिण एसियाली ज्योतिष महासंघराष्ट्रिय समितिका उपाध्यक्ष समेत हुन।

सम्मेलनको उद्घाटन संघीय संसद प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेले गरेका हुन ।कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, एसियन एष्ट्रोलोजर कङ्रेस अध्यक्ष मण्डलका महासचिव प्राडा एस.के शास्त्री, नेपाल पन्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो.पं.सुर्यप्रसाद ढुङ्गेल, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहअध्यक्ष आचार्य डा.अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघका प्रमुख सल्लाहकार प्राडा माधवप्रसाद पाण्डे, नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो.माधवराज पाण्डे, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति बंगलादेशका कोषाध्यक्ष फकिर एसिर अरफत मेहदी, श्रीलंकाबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा.जि.एम.गुणपाला, दक्षिण एसियाली ज्योतिष महासंघ भुटानका सभापति डा.प्रेमसिंङ साम्पाङ्ग राई, विश्व ज्योतिष महासंघ मलेसियाका सभापति डा.टि.सिल्वा, थाइल्यान्डबाट तनुश्री दुवे, विश्व ज्योतिष महासंघ बर्माका सभापति डा.नारायणप्रसाद पाण्डे र अमेरिका, जापान, चीन लगायतका विभिन्न देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।

सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा गहन छलफल भएको थियो । कार्यक्रममा बिभिन्न देशबाट सहभागी ज्याेतिषी हरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिहरुलाई समेत सम्मान गरेकाे थियो ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?