Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने बैठकमा पार्टीको चारमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समीक्षामा केन्द्रित हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनः निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो ।

आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा हुने विधान सम्मेलनबारेमा पनि छलफल हुनेछ । विधानसम्मेलनमा प्रस्तुत गरिने विधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रवार र शनिवार स्थायी समिति बैठक बसेको थियो । बैठकले केन्द्रीय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको कामकारबाहीको बारेमा पनि छलफल हुनेछ ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?