Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

सोनाम ल्होसार पर्वमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल र यादवले उपराष्ट्रपति रामसहायप्रसाद यादवले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका हुन् ।

राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ

यस्तै, उपराष्ट्रपति यादवले सामाजिक एकतासँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने आशा व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताएका छन्।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?