Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

अब ट्रायल परीक्षा दिँदा ‘रोड टेस्ट’ पनि हुने


काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने भएको छ। यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने सुझाव दिएको हो।

अहिलेको व्यवस्थाअनुसार लिखितमा पास भएपछि ट्रायल परीक्षा केन्द्रमा गएर ट्रायल दिनुपर्छ। यहाँ पास भए लाइसेन्स निकाल्न सकिन्छ। तर यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको सुझावलाई सरकारले मान्ने हो भने नयाँ व्यवस्थाअनुसार केन्द्रमा सञ्चालन गरिने परीक्षापछि वास्तविक सडकमै गएर ‘रोड टेस्ट’ परीक्षा दिनुपर्ने हुन्छ। ट्रायल परीक्षा ट्रायल केन्द्रका साथै सार्वजनिक सडकमा चलाउन लगाएर हुनेछ।

यातायात क्षेत्रमा भएका चुनौतीहरू र त्यसलाई समाधान गर्न आवश्यक सुझावहरूसहित प्रतिवेदन तयार पार्न गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णय भएको थियो। अहिले सरकारले सवारी तथा यातायात ऐन, २०८० विधेयकको मस्यौदा तयार पार्दैछ।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?