Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

अब ट्रायल परीक्षा दिँदा ‘रोड टेस्ट’ पनि हुने


काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने भएको छ। यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने सुझाव दिएको हो।

अहिलेको व्यवस्थाअनुसार लिखितमा पास भएपछि ट्रायल परीक्षा केन्द्रमा गएर ट्रायल दिनुपर्छ। यहाँ पास भए लाइसेन्स निकाल्न सकिन्छ। तर यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको सुझावलाई सरकारले मान्ने हो भने नयाँ व्यवस्थाअनुसार केन्द्रमा सञ्चालन गरिने परीक्षापछि वास्तविक सडकमै गएर ‘रोड टेस्ट’ परीक्षा दिनुपर्ने हुन्छ। ट्रायल परीक्षा ट्रायल केन्द्रका साथै सार्वजनिक सडकमा चलाउन लगाएर हुनेछ।

यातायात क्षेत्रमा भएका चुनौतीहरू र त्यसलाई समाधान गर्न आवश्यक सुझावहरूसहित प्रतिवेदन तयार पार्न गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णय भएको थियो। अहिले सरकारले सवारी तथा यातायात ऐन, २०८० विधेयकको मस्यौदा तयार पार्दैछ।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?