Trending
>>   धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता >>   आज जनकपुर बोल्ट्स र विराटनगर भिड्दै, सबै टोली उत्साहित >>   आज मिति २०८१ साल मङ्सिर १५ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

वातावरणसँग सम्बन्धित कार्यक्रम घोषणा


१ चैत ,लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच कार्यक्रम घोषणा गरेको छ ।

सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित ती कार्यक्रम घोषणा गरेका हुन्‌ । नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैलाको वर्गीकरण र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिए।

घोषणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने उनको विश्वास छ । कार्यक्रममा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरसफाइ अभियान आसपासका अन्य पालिकालाई समेत जोड्न तिलोत्तमालाई आग्रह गरे। सरसफाइ, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै नेता पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधि एकै ठाउँमा रहेको स्पष्ट पारे ।

प्रतिनिधिसभा सदस्य एवं प्रथम तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नेपालले दिगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाइ अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा सुरु भएको सरसफाइ अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्राङ्गारिक खेतीमा जोड दिन सुझाव दिए ।

बागमती सरसफाइ महाभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलले फोहरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सकेमात्र फोहरमैलाको दिगो व्यवस्थापन हुने बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताए । मूल समारोहमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, शिक्षक, कर्मचारी, खानेपानी संस्था, सिँचाइ प्रणाली, वन, टोल विकास संस्था, व्यावसायिक सङ्घ संस्थाका प्रतिनिधिलगायतका नगरवासीको सहभागिता रहेको थियो ।

सो अवसरमा हरियाली प्रवद्र्धन तथा नगर सरसफाइ अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्वपूर्ण काम गरेकोमा पूर्वनगरप्रमुख वासुदेव घिमिरे र विभिन्न सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?