Trending
>>   रेड पाण्डाको छाला सहित एक जना पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ >>   हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण >>   तिहारको बिदामा सर्वोच्च अदालत खुला रहने >>   फाइनलमा फेरि चुक्यो नेपाल, बंगलादेशले जित्यो उपाधि >>   निलम्बित मुख्यसचिव डा. अर्यालले पाए सफाइ >>   धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक >>   कोरला नाका हेर्ने सशस्त्रको बिओपीमा निर्मित ब्यारेक भवन उद्घाटन >>   सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेल सक्रिय >>   बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

आज सोनाम ल्होसार मनाइँदै


काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायको नयाँ वर्षको रुपमा लिइने सोनाम ल्होसार आज धुमधामसँग मनाइँदै छ। यो दिनलाई तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन्।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुले आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन्। ल्होसार शब्दको अर्थ पनि नयाँ वर्ष भन्ने हुन्छ।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?