Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

महासमिति बैठकबारे महरले गरे जनसम्पर्क समितिका पदाधिकारीसँग संवाद


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका जनसम्पर्क समितिका पदाधिकारीसँग भर्चुअल संवाद गरेका छन्। आसन्न फागुन ७—१० मा हुने कांग्रेसको महासमिति बैठकमा प्रवासमा रहेका नेपालीहरुको विचार समेट्न नेता महरले संवाद गरेका हुन् ।

छलफलमा जनसम्पर्क समितिका समस्या, पार्टीसँगका अपेक्षा, पार्टीले चाल्नुपर्ने कदम र नेपालमा लगानीको वातावरण निर्माण लगायतका एजेण्डा थिए । नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, क्यानडाका सभापति प्रदीपप्रकाश ओली, नेदरल्याण्डका सालिक गौतम, बहराइनका पद्यमसुन्दर गुरुङलगायत ३५ जना सहभागी थिए ।

जनसम्पर्क समितिका सभापतिहरूले नेपालमा लगानी गर्न चाहेको र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताएका थिए । कांग्रेस र देशका लागि आफूहरूले योगदान गरिरहेको भए पनि देशले माया नगरेको अनुभूति भइरहेको उनीहरूको गुनासो थियो ।

संवादका क्रममा उनीहरूले आफ्नो दोहोरो नागरिकता अलि बलियो हुनुपर्ने बताएका थिए । नागरिकतामा आफूहरूका अधिकार कम भएको गुनासो उनीहरूको थियो ।

नेपालको सम्पत्ति भोगचलनका सन्दर्भमा पनि नागरिकतामा धेरै कुरा अटाउन नसकेको उनीको भनाइ थियो । विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाका विषयमा कांग्रेसले नीतिमै स्पष्टरूपमा ल्याउनुपर्ने उनीहरुको जोड थियो । सम्पर्क समितिहरूको विश्व सञ्जाल बनाएर कांग्रेस केन्द्रीय समितिमा प्रवासबाट पनि प्रतिनिधित्व गराउन उनीहरुको माग थियो ।

दोहोरो नागरिकताको विषय अगाडि बढिसकेको भन्दै त्यसलाई थप बलियो बनाउन पार्टीमा सुझाव दिने महरले बताएका थिए । सम्पत्तिको भोगचलन, लगानी र प्रविधि नेपालमा ल्याउने कुरामा पनि कांग्रेसले पहल गर्नेमा महरले आश्वस्त पारेका थिए।

विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने पक्षमा लबिङ गर्न आफू सधैँ क्रियाशील रहेको भन्दै महरले महासमिति बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।

‘विश्वमा छरिएर रहेका नेपालीहरूको योगदान बीना देश बन्न गाह्रो छ। त्यसैले मुलुकको समृद्धिका लागि उहाँहरूको साथ र सहयोगको खाँचो छ। विश्वमा छरिएर रहेका नेपालीहरूको सिप, ज्ञान, प्रविधि, क्षमता र लगानीलाई नेपालको पक्षमा सदुपयोग हुनेगरि काम गर्नुपर्छ। यो विषय म कांग्रेस महासमिति बैठकमा मेरो प्राथमिक एजेण्डा मध्ये एक हुने छ,’ उनले भने।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?