Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

‘लैजाने छु तिमीलाई’मा यस्तो देखियो आयुष र मनिकलाको जोडी ( भिडियो )


काठमाडौं । गायक आयुष मगरको स्वर र शब्दमा रहेको ‘लैजाने छु तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उदय राज पौडेलले साउण्ड डिजाइन गरेको यस गीतको म्युजिक प्रोड्युसर सिद्धान्त राना हुन्।

म्युजिक भिडियो अमेरिकाको न्युयोर्क सहर वरिपरिको क्षेत्रमा सुटिङ गरिएको हो। म्युजिक भिडियोमा स्वयम् गायक मगर र मनिकला गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। एनवाइसी नेपाली लाइफस्टाइल प्रडक्शनले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।

भ्यालेन्टाइन डे को अवसर पारेर कोसेलीका रुपमा यो प्रेम गीत सार्वजनिक गरिएको गायक मगरले बताएका छन्। भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर’ मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बस्दै आएका गायक मगरको यसअघि ‘माया पनि बसेकै थियो’ बोलको म्युजिक भिडियो स्रोता दर्शक माझ लोकप्रिय छ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?