Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

‘लैजाने छु तिमीलाई’मा यस्तो देखियो आयुष र मनिकलाको जोडी ( भिडियो )


काठमाडौं । गायक आयुष मगरको स्वर र शब्दमा रहेको ‘लैजाने छु तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उदय राज पौडेलले साउण्ड डिजाइन गरेको यस गीतको म्युजिक प्रोड्युसर सिद्धान्त राना हुन्।

म्युजिक भिडियो अमेरिकाको न्युयोर्क सहर वरिपरिको क्षेत्रमा सुटिङ गरिएको हो। म्युजिक भिडियोमा स्वयम् गायक मगर र मनिकला गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। एनवाइसी नेपाली लाइफस्टाइल प्रडक्शनले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।

भ्यालेन्टाइन डे को अवसर पारेर कोसेलीका रुपमा यो प्रेम गीत सार्वजनिक गरिएको गायक मगरले बताएका छन्। भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर’ मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बस्दै आएका गायक मगरको यसअघि ‘माया पनि बसेकै थियो’ बोलको म्युजिक भिडियो स्रोता दर्शक माझ लोकप्रिय छ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?