Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

अख्तियारले भन्यो– आईटी क्षेत्रमा भ्रष्टाचार बढ्यो, सजगता अपनाउनू


काठमाडौं । सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मार्फत अख्तियारले देशभर संघीय मन्त्रालयहरु, प्रदेश सरकार र स्थानीय तहहरुलाई समेत यसबारे परिपत्र गर्न भनेको छ । अख्तियारले सूचना प्रविधि क्षेत्र क्लिष्ट र प्राविधिक हुने अनि यसमा आम सर्वसाधारणको चासो नहुने अवस्थाको फाइदा उठाउँदै केहि समूहले जथाभावी काम गरेको र राज्यकोषमा नोक्सान देखिएको भन्दै यसवारे नीतिगत सुधार हुनुपर्ने औंल्याएको छ ।

मुलुकको सीमित स्रोतसाधनको अत्यधिक दोहन गरी सूचना प्रविधिसँग सम्बन्धित खरिदमा अनियमितता देखिएको र उजुरीहरुको विश्लेषण गर्दा भ्रष्टाचारको प्रवल सम्भावना रहेको भन्दै अख्तियारले सरोकारवालालाई १० बुँदे ध्यानाकर्षणपत्र पठाएको छ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?