Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

अध्यागमन अधिकृतलाई हातपात गर्ने असईसहित तीन प्रहरीलाई डीआईजी चन्दले दिए पुरस्कार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेका छन् । विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक प्रकाश चौधरीलाइ नगद १२ सय, प्रहरी सहायक निरीक्षक सन्जय तामाङलाइ नगद ११ सय र प्रहरी जवान रविजंग गुप्तालाई ८०० रुपैयाँ नगदले पुरस्कारले पुरस्कृत गरेका हुन् ।

अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । विवादकै क्रममा हातपात भएको थियो । सोही घटनामा छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले असई तामाङ र जवान गुप्ताले कर्मचारीमाथि हातपात गरेको र निलम्बन गर्न सिफारिस गरेको थियो । समितिको निर्णयप्रति असन्तुष्ट जनाउँदै डीआईजी चन्दले राजीनामा समेत बुझाएका थिए । उनलाई राजीनामा नबुझाउन आग्रह गरेपछि उनको राजीनामा फिर्ता भएको छ ।

प्रहरीहरुले विमानस्थलको शान्ति सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण, असल आचरण, व्यवहार प्रदर्शन गरी प्रशासनिक लगायतका प्रहरी कार्यमा परिणाममुखी प्रहरी सेवा प्रदान गरी सेवा प्रदायक कर्मचारीहरु तथा यात्रुहरु समेतलाई सुरक्षाको अनुभूति गराउन ईमान्दार, पेशा प्रति समर्पित, व्यवसायिक, लगनशिल एवं पूर्ण निष्ठावान भई उत्कृष्ट तवरबाट कार्य सम्पादन गरेका यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिंदा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्ने भएकोले पुरस्कृत गरिएको जनाएको छ ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?