Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

फेरि भ्युटावर १२ बाट २० तल्ला बन्ने स्विकृती?


-गणपतिलाल श्रेष्ठ

जनताले त्यो कालखण्डमा पुण्य सोचेर सबैको गन्तब्यमा पुग्न कसैले त्याग र कसैले थोरै मुआब्जा लियर दियको पुरानो बसपार्कको जमिन महानगरले राष्टृिय उद्यान समिती अन्तर्गत संरक्षाणर्थ र ब्यबस्थापन गर्ने दायित्त्वबाट कर्मचारि तन्त्रको समयमा निजिकरण हुने गरि भ्युटावर बनाउन लिजमा दियो तीन तल्ला बेसमेन्टपछि माथी २ तल्ला हुने बित्तिकै बसपार्क चलायमान गर्ने भनी अघि बढायो रातारात खुल्लामन्चमा अस्थायी भनी बसपार्क राख्यो जनदबाब पछि हटायो तर आज सम्म बसपार्कको बस पिक एण्ड द्रप भनी सडकमै छ सबै तर सो भ्युटावर भित्र बसपार्क को किन पहल हुन सकेन ?

नयाँ सडक को पार्किङ्ग को बिकल्पको रुपमा भ्युटावर देखाइयो तर हाल निर्माणाधिन रहेको अबस्थामानै र यहाँ पार्किङ्ग खाली गर्नु अघि नै सो स्थान सवारी भरिपुर्ण छ । भवन चलायमान भयपछि आफ्नै लागि नपुग जस्तो बास्तबिकता देखियको छ । फेरि नयाँ कुरा सम्बन्धित २८ वडा बात जानकारी भयको भुकम्पियजोखिम क्षेत्रमा पर्ने क्षेत्र मध्यको भ्युटावर २९ तल्लाबाट भुकम्प र जनदवाब पछी १२ तल्लामा मात्र सिमित राख्ने त्यो बेलाको निर्णय लत्याउदैं हाल ८ तल्ला थप गरि २० तल्ला बनाउन महानगर द्वारा स्वीकृति दियो भन्ने खबर आयको छ जुन गलत साबित होस ।

त्यतिकै ट्राफिक जाम सवारी बढाउने टावरहरु अब टुँडिखेल वरपर अज्ज बिस्तार गर्दै जाने हो भने गन्तब्यमा पुग्न थप समस्या निम्तिने र जाम बढने देखियको छ । अहिले निर्माणाधिन भ्युटावर जति तल्लामा छ त्यतिमा सिमित होस र हिजो पुर्खाले जे प्रयोजनका लागि बनाइयको थियो त्यो उद्धेश्य अहिलेको जनप्रतिनिधिहरुले पूरा गर्नु पर्छ जस्तो लाग्छ बनिरहेको स्त्रक्चरलाई प्रबिधियुक्त लिफ्ट जडान गरि बहुतल्ले पार्किङ्ग बनाउने निर्णय गरे मात्र सडकको बिकल्प हुन सक्छ । महानगरले सबैभन्दा पहिलो सार्बजनिक यातायात ब्यबस्थापन गर्न सकोस ताकी निजि सवारी अहिलेको आबश्यक्ता र बाध्यता भयको छ जसको निवारण हुन सक्छ ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?