Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

नाबालिकाको फेक आइडी बनाई चरित्र हत्या गर्ने ३७ वर्षीय पुरुष पक्राउ


काठमाडौं ।नाबालिकाको नाम र फोटो राखी नक्कली फेसबुक अकाउन्ट बनाई चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

नाबालिकाको फेक आइडी बनाई म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई अश्लिल म्यासेज पठाई मानसिक तनाव दिई चरित्र हत्या गरेको जाहेरीका आधारमा अनुसन्धानका क्रममा ब्युरोले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जनलाई कामनपा –२७ भोटाहिटीबाट माघ १८ गते  पक्राउ गरेको हो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा  पक्राउ गरेको ब्युरोले जनाएको छ। ब्युरोले काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?