Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

नाबालिकाको फेक आइडी बनाई चरित्र हत्या गर्ने ३७ वर्षीय पुरुष पक्राउ


काठमाडौं ।नाबालिकाको नाम र फोटो राखी नक्कली फेसबुक अकाउन्ट बनाई चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

नाबालिकाको फेक आइडी बनाई म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई अश्लिल म्यासेज पठाई मानसिक तनाव दिई चरित्र हत्या गरेको जाहेरीका आधारमा अनुसन्धानका क्रममा ब्युरोले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जनलाई कामनपा –२७ भोटाहिटीबाट माघ १८ गते  पक्राउ गरेको हो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा  पक्राउ गरेको ब्युरोले जनाएको छ। ब्युरोले काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?