Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

पूर्वसांसद इच्छाराज तामाङलाई १ अर्व ७२ कराेड बढी जरिवाना र तीन वर्ष कैद, फैसलामा के छ?


काठमाडाैं । सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय तोकिएको छ।

माघ ७ गते सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई आइतबार विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय सुनाएको हो। उनले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर छ। यस्ताे छ फैसलाः

मुद्दा नं ०७९-cr-००२२
दर्ता मिति-२०७९-०५-१६

कसुर कायम मिति २०८०-१०-०७

सजाय निर्धारण मिति २०८०-१०-२१

फैसला गर्ने मा.न्या.हरु
अध्यक्ष मा.न्या.श्री टेक नारायण कुँवर
सदस्य मा.न्या.श्री तेज नारायण सिह राई
सदस्या मा.न्या. श्री मुरारीबाबु श्रेष्ठ

फैसला-:
प्रतिवादी ईच्छाराज तामाङलाई सम्पत्ति सुद्धिकरण निवारण ऐन, २०६४ काे दफा ३०(१)(क) बमाेजिम विगाे रु १,७२,४४,५९०९७/७५ बराबर जरिवाना र ३ बर्ष कैद हुने

प्रतिवादी श्रृजना शाक्य तामाङलाई ऐ. ऐ. दफा बमाेजिम विगाे रु १,०३,५४,४३,४८७/१० बराबर जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर।

प्रतिवादी केशवलाल श्रेष्ठकाे हकमा ऐ. ऐ. बमाेजिम बिगाे रु २५,६५,८६,१२४/३७ बराबर जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर।

ऐ ऐनकाे दफा ३४(१) र २८(२) बमाेजिम प्रतिवादी ईच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशबलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङकाे नाममा रहेकाे सम्पत्ति जफत हुने।
यिनै प्रतिवादिहरु उपर काठमाडाै जिल्ला अदालतमा विचारधिन ठगि मुद्दामा यी प्रतिवादिहरु उपर कसुर ठहर भयमा पिडीतकाे विगाे भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?