Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

पूर्वसांसद इच्छाराज तामाङलाई १ अर्व ७२ कराेड बढी जरिवाना र तीन वर्ष कैद, फैसलामा के छ?


काठमाडाैं । सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय तोकिएको छ।

माघ ७ गते सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई आइतबार विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय सुनाएको हो। उनले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर छ। यस्ताे छ फैसलाः

मुद्दा नं ०७९-cr-००२२
दर्ता मिति-२०७९-०५-१६

कसुर कायम मिति २०८०-१०-०७

सजाय निर्धारण मिति २०८०-१०-२१

फैसला गर्ने मा.न्या.हरु
अध्यक्ष मा.न्या.श्री टेक नारायण कुँवर
सदस्य मा.न्या.श्री तेज नारायण सिह राई
सदस्या मा.न्या. श्री मुरारीबाबु श्रेष्ठ

फैसला-:
प्रतिवादी ईच्छाराज तामाङलाई सम्पत्ति सुद्धिकरण निवारण ऐन, २०६४ काे दफा ३०(१)(क) बमाेजिम विगाे रु १,७२,४४,५९०९७/७५ बराबर जरिवाना र ३ बर्ष कैद हुने

प्रतिवादी श्रृजना शाक्य तामाङलाई ऐ. ऐ. दफा बमाेजिम विगाे रु १,०३,५४,४३,४८७/१० बराबर जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर।

प्रतिवादी केशवलाल श्रेष्ठकाे हकमा ऐ. ऐ. बमाेजिम बिगाे रु २५,६५,८६,१२४/३७ बराबर जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर।

ऐ ऐनकाे दफा ३४(१) र २८(२) बमाेजिम प्रतिवादी ईच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशबलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङकाे नाममा रहेकाे सम्पत्ति जफत हुने।
यिनै प्रतिवादिहरु उपर काठमाडाै जिल्ला अदालतमा विचारधिन ठगि मुद्दामा यी प्रतिवादिहरु उपर कसुर ठहर भयमा पिडीतकाे विगाे भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?