Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

रिमालले उचाले हङकङमा हाफ म्याराथनकाे उपाधि


काठमाडौं । नेपालका धावक हरि रिमालले हङकङमा सम्पन्न चाइना काेस्ट म्याराथनअन्तर्गत हाफ म्याराथनकाे उपाधि उचालेका छन् । रिमाल याे प्रतिस्पर्धामा स्वर्ण जित्ने प्रथम नेपाली धावक बन्दै ईतिहास रचेका छन् । उनले अन्य प्रतिस्पर्धीलाई पछी पार्दै १ घण्टा १९ मिनेट ३२ सेकेन्डमा दूरी पार गरे ।

दाैड उकालाे ओरालाे स्थानमा भएकाले दूरी पार गर्न केहीफसमय बढी लागेकाे धावक रिमालले बताए । रिमाल नेपाली सेनाका धावक हुन् । एथलेटिक्स भेटेरियन्स अफ चाइनाले गरेकाे याे प्रतिस्पर्धामा रिमाल नेपालबाट सहभागी थिए । रिमाल नेपालका मध्यदूरीका उत्कृष्ट धावक हुन् । उनले नेपालमा भएका विभिन्न प्रतिस्पर्धाकाे उपाधी उचालेका छन् भने ओलम्पिक समेत खेलिसकेका छन् ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?