Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सरकारी शुल्कमा निजीमा क्यान्सर उपचार


चितवन। चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । उक्त अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो ।

त्यस्तै, इन्स्टिच्यूटका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् भने यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको ठाकुरले बताए। इन्स्टिच्युटमा क्यान्सरका बहिरङ सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् ।

दैनिक एक सय जनासम्मलाई रेडियसन ९सेक्ने० सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको उनको भनाइ रहेको छ । डा. ठाकुरले भने, “हामीकहाँ रेडियोथेरापीलगायत कुनै पनि उपचार र परीक्षणका लागि पालो कुर्नुपर्ने झन्झट हुँदैन ।” महिनौँ पालो पर्खुनुपर्दा क्यान्सर झन फैलिनसक्ने भन्दै उहाँले पत्ता लागेपछि नियमित उपचारमा लैजाने बताए।

उनले एक÷दुई महिनाअघि गरेको योजनाका आधारमा रेडियो थेरापी गर्दा योजनाभन्दा अन्यत्र क्यान्सर फैलिनसक्ने खतरा रहने बताएका छन् । क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए ।

त्यसैगरी, रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण ल्याइसकिएको उनले जानकारी दिए । उक्त अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, इण्डोस्कोपी, भिडियो एक्सरे, एक्सरे, ईसिजि, क्याथल्याब, ए ग्रेडको प्रयोगशाला, आईसियू, एनआईसियू, सिसियू रहेका छन् ।

यहाँ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्दछन् भने बिरामीको उच्च चापका कारण पालो कुर्नुपर्ने हुन्छ । पालो नपाएर राजधानी काठमाडौं र भारत लगायतका देशमा पुग्नुपर्ने बाध्यता रहेका बिरामी निजी क्षेत्रमा यही उपचार पाएका हुन् ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?