Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

‘यादको मूर्च्छना’को विमोचन


काठमाडौं ।गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानियाँ, गीतकार विकरालकी धर्मपत्नी फूलमाया राई लगायतले कृतिको विमोचन गरे ।

विमोचित कृतिमाथि गीतकारहरु हर्क साउद, शितल कादम्बिनी र अमर वान्तुले टिप्पणी गरे । गीतकार साउदले कृतिका अधिकांश गीतमा भोगाई र भावनाका कुराहरु बढी भएको बताए । उनले भने, ‘उहाँको उपनामझैं विकराल भावहरु गीतमा बढी समेटिएको पाएँ । माटो र संस्कृतिको विषयहरुलाई पनि अधिक मात्रामा गीतमार्फत अभिव्यक्त गर्न म सुझाव दिन्छु, यो अहिलेको आवश्यकता पनि हो ।’

गीतकार कादम्बिनीले पनि कृतिमा समेटिएका गीतहरु अधिकांश वियोगी भावको रहेको आफूले पाएको बताइन् । ‘ आफ्ना सिर्जनामार्फत आशावादी सोचमा जोड दिँदै जीवनलाई सुन्दर रुपमा प्रस्तुत गर्न म विकरालजीलाई आग्रह गर्दछु,’ उनले भनिन् । अर्का टिप्पणीकार अमर वान्तुले विकरालका गीतहरुमा आफूले संगीत भर्न चाहेको बताए । कृतिमा समावेश भएका हरेक गीतहरु उत्कृष्ट लागेकाले त्यसमा संगीत भरेर आफूले थप जीवन्तता दिन चाहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हार्तम्छालीले प्रवासमा रहेर पनि गीतकार विकरालले नेपाली साहित्य–संगीतका क्षेत्रमा पु¥याएको योगदानको सराहना गरे । विशिष्ट अतिथि राईले सबैसँग सहकार्य गरेर नेपाली नाट्य तथा संगीतको क्षेत्रमा काम गर्न प्रतिष्ठान तयार रहेको बताए । प्रतिष्ठानका सदस्यसचिव डा. सुवेदीले सर्जकहरुबाट लोक विधामा पनि लेखन कार्य हुनु जरुरी रहेको औंल्याए ।

संस्कृतिकर्मी डा. भक्त राई, वरिष्ठ गीतकार शुभ मुकारुङ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, वरिष्ठ साहित्यकार डा. विष्णु राई र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चन्द्र रानाहँछाले पनि विमोचित कृति र गीत–संगीत क्षेत्रको विविध विषयमा धारणा राखेका थिए ।

रावासावा प्राज्ञिक समाजले प्रकाशन गरेको सो कृतिमा रेकर्ड भइसकेका २७ सहित १ सय ११ वटा गीत समावेश छन् । खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका बासिन्दा गीतकार राई रोजगारीको सिलसिलामा हालः दक्षिण कोरियामा छन् । २०७६ सालमा ‘अनुभूति’ गीति एल्बम सार्वजनिक गरिसकेका उनी ‘वर्ष गीतकार पुरस्कार २०७८’बाट सम्मानित भएका थिए ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?