Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

नाट्टाको कार्यालयमा लगाइएको ताला खुल्यो


३० फागुन ,काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विगत केही दिनदेखि लागेको तालाबन्दी खोलेको छ ।

नाट्टा कार्यसमितिको निर्णयबमोजिम स्थानीय निकायका प्रतिनिधि, प्रहरी प्रशासन र पत्रकारको रोहवरमा नाट्टाको कार्यालयमा लगाइएको ताला खुलाइएको हो ।

तालाबन्दी खोलेर दैनिक प्रशासनिक काम सुचारु गरिएको नाट्टाले आज विज्ञप्तिमार्फत जनाएको छ । नेपालको पर्यटन विकासमा समेत दीर्घकालीन क्षति पुग्ने अवस्था सिर्जना भएकाले तालाबन्दी खोलीको संस्थाले उल्लेख गरेको छ ।

विभिन्न माग राखी संयुक्त पर्यटन ट्रेड युनियन फोरमले यही फागुन २६ गतेदेखि नाट्टाको नक्सालस्थित सचिवालयमा तालाबन्दी गरेको थियो ।

नाट्टा सचिवालयमा तालाबन्दीपश्चात् कार्यसमिति र ट्रेड युनियन फोरमका प्रतिनिधिबीच चार पटक वार्ता सम्पन्न भएको तर कुनै ठोस निष्कर्ष निस्कन नसकेको अवस्थामा वार्ता चलिरहने तर समस्या समाधानमा तत्परता नदेखाउने क्रम जारी रहँदा नाट्टाको क्यालेन्डरअनुसारका महत्त्वपूर्ण पर्यटन प्रवर्द्धनात्मक कार्य स्थगित भएको र पर्यटनबारे नकारात्मक सन्देश प्रवाह हुने भएकाले तालाबन्दी खोलिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?