Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

पन्तको ‘जिउँदा देवता’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘जिउँदा देवता’ को सांगीतिक लघु चलचित्र सार्वजनिक भएको छ। कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक गीतकार संगीतकार महेश्वर पन्तको रचना तथा संगीत रहेको मार्मिक गीतको सांगीतिक लघु चलचित्र सार्वजनिक भएको छ। उक्त भिडियोमा पछिल्लो समयमा नेपाली समाजमा घटिरहेका समसामयिक विषयवस्तुलाई जोडदार रुपमा प्रस्तुत गरिएको छ।

बरिष्ठ अभिनेता तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रलाई उत्सव दाहालले छायांकन गरेका हुन्। सार्वजनिक भिडियोमा बरिष्ठ अभिनेत्री गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापालाई फिचर्ड गरिएको छ ।


प्रकाशित मिति: २० माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?