Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

साहित्यकार अनु शाहलाई अमेरिकामा अनेसास नवरत्न पुरस्कार


बोष्टन । साहित्यकार गीतकार कवि तथा चलचित्र निर्माता अनु शाहलाई अनेसास नवरत्न पुरस्कार प्रदान गरिएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याए बापत उनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नवरत्न पुरस्कारले सम्मानित सम्मान गरिएको हो । साहित्यकार शाहलाई नगद दुई सय पचास डलरसहित सम्मानपत्रबाट सम्मानित गरिएको छ ।

अनेसास केन्द्रिय अध्यक्ष गोबर्धन पूजा, अनेसास केन्द्रिय महासचिव विमला निरौला, अनेसास ट्रस्टी, पुरस्कार समितिका सदस्य, साहित्यकार कवि तथा बरिष्ठ समाजसेवी ईश्वरीप्रसाद भट्ट, साहित्यकार, समाजसेवी मोहन निरौला तथा कवि दीपा राइ पुन द्वारा शाहलाई उक्त नगद पुरस्कार सहितको सम्मान हस्तान्तरण गरिएको थियो।

अनेसास नवरत्न पुरस्कार अनु शाह (साहित्य–बोस्टन) लगायत प्रभा आचार्य (साहित्य–कोलोराडो), ज्योति राई (समाजसेवा–न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी–समाजसेवा), माया गुरूङ् (साहित्य–बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया–साहित्य), शान्ता घिमिरे (न्यूजर्सी–साहित्य), डा.संगीता स्वेच्छा (साहित्य–बेलायत) र सुनिता डंगोल (उपमेयर–काठमाडौं, समाजसेवा) लाई प्रदान गरिएको थियो।


प्रकाशित मिति: २० माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?