Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

साहित्यकार अनु शाहलाई अमेरिकामा अनेसास नवरत्न पुरस्कार


बोष्टन । साहित्यकार गीतकार कवि तथा चलचित्र निर्माता अनु शाहलाई अनेसास नवरत्न पुरस्कार प्रदान गरिएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याए बापत उनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नवरत्न पुरस्कारले सम्मानित सम्मान गरिएको हो । साहित्यकार शाहलाई नगद दुई सय पचास डलरसहित सम्मानपत्रबाट सम्मानित गरिएको छ ।

अनेसास केन्द्रिय अध्यक्ष गोबर्धन पूजा, अनेसास केन्द्रिय महासचिव विमला निरौला, अनेसास ट्रस्टी, पुरस्कार समितिका सदस्य, साहित्यकार कवि तथा बरिष्ठ समाजसेवी ईश्वरीप्रसाद भट्ट, साहित्यकार, समाजसेवी मोहन निरौला तथा कवि दीपा राइ पुन द्वारा शाहलाई उक्त नगद पुरस्कार सहितको सम्मान हस्तान्तरण गरिएको थियो।

अनेसास नवरत्न पुरस्कार अनु शाह (साहित्य–बोस्टन) लगायत प्रभा आचार्य (साहित्य–कोलोराडो), ज्योति राई (समाजसेवा–न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी–समाजसेवा), माया गुरूङ् (साहित्य–बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया–साहित्य), शान्ता घिमिरे (न्यूजर्सी–साहित्य), डा.संगीता स्वेच्छा (साहित्य–बेलायत) र सुनिता डंगोल (उपमेयर–काठमाडौं, समाजसेवा) लाई प्रदान गरिएको थियो।


प्रकाशित मिति: २० माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?