Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत


३० फागुन ,काठमाडौँ । यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको गीतका लागि गायक शिव परियार, ‘नछुटोस्’ बोलको गीतका लागि आधुनिक गायिका बेनिशा पौडेल र ‘धर्ती आकाश’ बोलको गीतमा सङ्गीत दिनुभएका अर्जुन पोखरेललाई पुरस्कृत गरिएको छ ।

विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न सो समारोहमा सञ्चारकर्मी बिदुर गिरीलाई यस वर्षको ‘ पिम नेपाल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।

यस्तै अछामको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ, गायिका केन्जुमा सुब्बा, सङ्गीतकार शङ्कर थापा, पत्रकार राज लुइँटेल, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, सञ्चारकर्मी दिनेश थापा, मूर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दङ्गाल, अभिनेता दिनेश केसीलगायतलाई सम्मानित गरिएको थियो ।

गीतकार तथा पत्रकार शान्तिप्रियको सभापतित्व, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वउपसभामुख चित्रलेखा यादव, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंहसहित गीत–सङ्गीत, कलाकारिता र पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता थियो।

समारोहमा वरिष्ठ गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गरिएको थियो । ‘नेपाली हुनुमा गर्व गरौँ, कला र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ छ वर्षदेखि सञ्चालित सो कार्यक्रमको उद्देश्य प्रतिस्पर्धाभन्दा पनि नेपालमा विभिन्न भाषाभाषी, कला र संस्कृतिलाई प्रोत्साहन गर्दै एकापसमा भाइचारा तथा एकताको भावना जागृत गराउनु रहेको आयोजक संस्थाका अध्यक्ष माधव खरेलले जानकारी दिए ।

अवार्ड समारोहमा मोडल सनम कठायत, पत्रकार चक्र कुँवर, गायिका कालिका रोका, छायाँकार कृष्णबहादुर थापा, निर्देशक निरेन श्रेष्ठ, गायक ओम सुनार, सङ्गीतकार राजु शर्मा नेपाली, गायिका रोशनी रसाइली, निर्देशक उमेश गुरुङ, सङ्गीतकार योगेन्द्र उपाध्याय, कल्याण अधिकारी, जुगल डङ्गोल, गीतकार भरत बम्जन, सञ्चारकर्मी तथा निर्देशक विजयरत्न तुलाधर, गीतकार तथा सङ्गीतकार कस्तुप पन्त, भिडियो सम्पादक वीरेन्द्र भाटलगायत विभिन्न विधामा ख्यातिप्राप्त व्यक्तित्व निर्णायकको भूमिकामा रहेका थिए ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?