Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

कृष्ण सिटौलालाई भेटेरै प्रकाशमानकाे जितकाे शुभकामना !


माेरङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ काे परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेकाे बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति माेरङले आयाेजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पाटि कार्यलय बिराटनगरमा बाेल्दै नेता सिंहले संविधानसभाबाट बनेकाे संविधान आम नागरिकले उपयाेग गर्ने अवस्था बनाउनु कांग्रेसकाे जिम्मेवारी भएकाे बताए ।

संघीय लाेकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसकाे नेतृत्वमा जारी भएकाे भन्दै उनले संविधानले दिएका अधिकार जनतामा पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले परिवर्तन विराेधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजाेर पार्न चाहिरहेकाे भन्दै पार्टी बलियाे बनाउनुपर्नेमा जाेड दिँदै अस्वस्थ प्रतिस्पर्धाले कहीँ नपुगिने बताए ।

सिंहले काेशी प्रदेशबाट उमेदवार रहेका गठबन्धन उमेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस उमेदवार कृष्ण सिटौलालाई भेटेरै काेशी प्रदेशकाे अवस्थाबारे जानकारी लिँदै जितकाे शुभकामना समेत दिएका छन् ।


प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?