Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

कृष्ण सिटौलालाई भेटेरै प्रकाशमानकाे जितकाे शुभकामना !


माेरङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ काे परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेकाे बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति माेरङले आयाेजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पाटि कार्यलय बिराटनगरमा बाेल्दै नेता सिंहले संविधानसभाबाट बनेकाे संविधान आम नागरिकले उपयाेग गर्ने अवस्था बनाउनु कांग्रेसकाे जिम्मेवारी भएकाे बताए ।

संघीय लाेकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसकाे नेतृत्वमा जारी भएकाे भन्दै उनले संविधानले दिएका अधिकार जनतामा पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले परिवर्तन विराेधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजाेर पार्न चाहिरहेकाे भन्दै पार्टी बलियाे बनाउनुपर्नेमा जाेड दिँदै अस्वस्थ प्रतिस्पर्धाले कहीँ नपुगिने बताए ।

सिंहले काेशी प्रदेशबाट उमेदवार रहेका गठबन्धन उमेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस उमेदवार कृष्ण सिटौलालाई भेटेरै काेशी प्रदेशकाे अवस्थाबारे जानकारी लिँदै जितकाे शुभकामना समेत दिएका छन् ।


प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?