Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

युवा सहभागिता बढाउन जोड


२९ फागुन ,काठमाडौँ । दिगो विकास लक्ष्य हासिल गर्नका लागि युवा सहभागिता बढाउनुपर्नेमा युवाहरुले जोड दिएका छन् । युथ एड्भोकेसी नेपालले आईतबार यहाँ आयोजना गरेको ‘पाँचौ नेपाल युवा दिगो विकास लक्ष्यसम्बन्धी भेला’का वक्ताले दिगो विकास लक्ष्यका क्षेत्रमा युवाको अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले विश्वका एक सय ९३ वटै देशले दिगो विकास लक्ष्यलाई पूरा गर्न प्रतिबद्ध भएको बताए। उनले दिगो विकासका १७ लक्ष्यमध्ये नेपालले १६ मा काम गर्ने प्रतिबद्धता जनाएको स्पष्ट पारे ।

युथ एड्भोकेसी नेपालका पूर्वअध्यक्ष नरेन खतिवडाले सन् १९८० को दशकमा संयुक्त राष्ट्रसङ्घमा दिगो विकास लक्ष्यसम्बन्धी अवधारणा सुरु भए पनि सन् २०१५ बाट मात्र विश्वव्यापी रुपमा दिगो विकास लक्ष्य लागू भएको बताए । उनले दिगो विकास लक्ष्यलाई पूरा गर्न सरकार तथा गैरसरकारी क्षेत्रबाट पहलकदमी भएको भएपनि यसको कार्यान्वयनमा अझै चुनौती रहेको बताए । युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले दिगो विकासमा युवाको भूमिका महत्वपूर्ण भएको बताए ।

“दिगो विकास लक्ष्यका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रअन्तर्गत सामाजिक, आर्थिक र राजनीतिकलगायतका क्षेत्रमा काम गरिरहेको छ”, उनले भने । दिगो विकास लक्ष्य पूरा गर्न स्रोत साधनको कमी, जलवायु परिवर्तन नीतिगत समन्वयको अभाव, गुणस्तरीय शिक्षाको अभाव रहेको उनको भनाइ थियो ।

दलित महासङ्घका उपाध्यक्ष त्रिलोचन लोक्य, यौनिक अल्पसङ्ख्यक समुदायकी अध्यक्ष पिङ्की गुरुङलगायतले दिगो विकास लक्ष्य योजनाले अघि बढाएका १७ उद्देश्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?