Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

युवा सहभागिता बढाउन जोड


२९ फागुन ,काठमाडौँ । दिगो विकास लक्ष्य हासिल गर्नका लागि युवा सहभागिता बढाउनुपर्नेमा युवाहरुले जोड दिएका छन् । युथ एड्भोकेसी नेपालले आईतबार यहाँ आयोजना गरेको ‘पाँचौ नेपाल युवा दिगो विकास लक्ष्यसम्बन्धी भेला’का वक्ताले दिगो विकास लक्ष्यका क्षेत्रमा युवाको अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले विश्वका एक सय ९३ वटै देशले दिगो विकास लक्ष्यलाई पूरा गर्न प्रतिबद्ध भएको बताए। उनले दिगो विकासका १७ लक्ष्यमध्ये नेपालले १६ मा काम गर्ने प्रतिबद्धता जनाएको स्पष्ट पारे ।

युथ एड्भोकेसी नेपालका पूर्वअध्यक्ष नरेन खतिवडाले सन् १९८० को दशकमा संयुक्त राष्ट्रसङ्घमा दिगो विकास लक्ष्यसम्बन्धी अवधारणा सुरु भए पनि सन् २०१५ बाट मात्र विश्वव्यापी रुपमा दिगो विकास लक्ष्य लागू भएको बताए । उनले दिगो विकास लक्ष्यलाई पूरा गर्न सरकार तथा गैरसरकारी क्षेत्रबाट पहलकदमी भएको भएपनि यसको कार्यान्वयनमा अझै चुनौती रहेको बताए । युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले दिगो विकासमा युवाको भूमिका महत्वपूर्ण भएको बताए ।

“दिगो विकास लक्ष्यका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रअन्तर्गत सामाजिक, आर्थिक र राजनीतिकलगायतका क्षेत्रमा काम गरिरहेको छ”, उनले भने । दिगो विकास लक्ष्य पूरा गर्न स्रोत साधनको कमी, जलवायु परिवर्तन नीतिगत समन्वयको अभाव, गुणस्तरीय शिक्षाको अभाव रहेको उनको भनाइ थियो ।

दलित महासङ्घका उपाध्यक्ष त्रिलोचन लोक्य, यौनिक अल्पसङ्ख्यक समुदायकी अध्यक्ष पिङ्की गुरुङलगायतले दिगो विकास लक्ष्य योजनाले अघि बढाएका १७ उद्देश्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?