Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

मनोज र करुणाले ल्याए कौडा गीत ‘जूनै टिपेर’ (भिडियोसहित)


काठमाडौँ । गायक मनोज थापा र गायिका करुणा पुनको सुमधुर स्वरमा सजिएको ‘जूनै टिपेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द, संगीत स्वयम् गायिका पुनको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा आनन्द गुरुङ र चाहना मगरको अभिनय रहेको छ।

मनोज कार्कीको सम्पादन गरेको भिडियोलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक थापाको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक थापाको स्वरमा रहेको जारी फिल्मको ‘रीत’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ। निर्माण टिमले दर्शक, स्रोता तथा मिडिया हाउसलाई नयाँ भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।

 

 


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?