Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

मनोज र करुणाले ल्याए कौडा गीत ‘जूनै टिपेर’ (भिडियोसहित)


काठमाडौँ । गायक मनोज थापा र गायिका करुणा पुनको सुमधुर स्वरमा सजिएको ‘जूनै टिपेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द, संगीत स्वयम् गायिका पुनको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा आनन्द गुरुङ र चाहना मगरको अभिनय रहेको छ।

मनोज कार्कीको सम्पादन गरेको भिडियोलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक थापाको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक थापाको स्वरमा रहेको जारी फिल्मको ‘रीत’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ। निर्माण टिमले दर्शक, स्रोता तथा मिडिया हाउसलाई नयाँ भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।

 

 


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?