Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

राष्ट्रिय सभा निर्वाचनःसत्ता गठबन्धन केन्द्रीय समन्वय समितिको चारबुँदे निर्णय


काठमाडाैं । सत्ता पक्षीय गठबन्धन द्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले चारबुँदे निर्णय गरेकाे छ । समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा समितिका सदस्यहरु वर्षमान पुन, मनिष सुमन, डा. विजय पौडेल,र गोविन्द चौधरीको उपस्थितिमा निर्णय भएकाे हाे । सचिव केशवराज जोशीका अनुसार यस्ता छन चारबुँदे निर्णयः

१. राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति – २०८० को सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने ।
२. मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताज्यूहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने ।
३. राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति – २०८० ले गठबन्धन उम्मेदवारहरुको पक्षमा मतदाताहरुसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरुको बारेमा आवश्यक निर्देशन दिने ।
४. यस समितिको मिति २०८०।०९।२५ गतेको निर्णय अनुसार सात वटै प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति – २०८० गठन भएको विवरण र जिल्लाहरुमा पनि समिति गठन भईरहेको जानकारी प्राप्त भई सो बारेमा छलफल भयो ।


प्रकाशित मिति: २८ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?