Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सभा निर्वाचनःसत्ता गठबन्धन केन्द्रीय समन्वय समितिको चारबुँदे निर्णय


काठमाडाैं । सत्ता पक्षीय गठबन्धन द्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले चारबुँदे निर्णय गरेकाे छ । समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा समितिका सदस्यहरु वर्षमान पुन, मनिष सुमन, डा. विजय पौडेल,र गोविन्द चौधरीको उपस्थितिमा निर्णय भएकाे हाे । सचिव केशवराज जोशीका अनुसार यस्ता छन चारबुँदे निर्णयः

१. राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति – २०८० को सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने ।
२. मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताज्यूहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने ।
३. राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति – २०८० ले गठबन्धन उम्मेदवारहरुको पक्षमा मतदाताहरुसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरुको बारेमा आवश्यक निर्देशन दिने ।
४. यस समितिको मिति २०८०।०९।२५ गतेको निर्णय अनुसार सात वटै प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति – २०८० गठन भएको विवरण र जिल्लाहरुमा पनि समिति गठन भईरहेको जानकारी प्राप्त भई सो बारेमा छलफल भयो ।


प्रकाशित मिति: २८ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?