Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

जनताको गुनासो सम्बोधन हुन्छ : मन्त्री ज्वाला


चितवन।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने  बताएका छन् ।  उनले भने , “जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ ।” तत्काललाई अध्ययनको काम रोकिएको उहाँले जानकारी दिए   ।
जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले  बताए । उनले भने, “आज हामी यहाँको अवस्था केहो, के कति क्षति हुन्छ भन्ने विषयमा छलफलबाट निष्कर्ष निकाल्ने छौँ ।” जनप्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाबीच आजै छलफल गरिने उनले  बताए । पूर्वपश्चिम रेलमार्गाको रेखाङ्कनको विषयमा आफूहरु छलफलका क्रममा रहेको  बताए । विवाद आइसकेपछि काम अहिलेका लागि स्थगित गरिएको उनको भनाइ छ ।
वास्तविकता के हो र यसबाहेकका विकल्प के हुनसक्छ भन्ने विषयमा छलफल गरेर जनताको गुनासो सम्बोधन हुने उनले  बताए । फरक प्रसङ्गमा मन्त्री ज्वालाले सडक निर्माणका लागि बजेटका कारण समस्या भएको  बताए । सडक निर्माणका लागि पर्याप्त बजेट नहुँदा आयोजना तीव्र रुपमा अघि बढ्न नसकेको उनले  बताए ।
उहाँले भन्नुभयो, “रु ३७ अर्ब बजेट घटाइएको छ, बजेट घटेपछि स्वाभाविकरुपमा आयोजना प्रभावित भएका छन् ।” बजेटको अभाव र निर्माण व्यवसायीको ढिलाइले समेत समस्या भएको उनको भनाइ थियो । यी समस्या समाधान गर्दै अघि बढेको उनले  बताए । बजेटका विषयमा अर्थ मन्त्रालयसँग छलफल गर्दै देखिएका समस्या समाधान गर्दै मन्त्रालय अघि बढेको उनले  बताए।

प्रकाशित मिति: २८ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?