Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चाैधरी


टीकापुर। नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई सर्वसम्मत चयन गरेको छ । यसअघि पार्टीको संरक्षक रहेका चौधरीलाई टीकापुरमा भएको पहिलो महाधिवेशनले सर्वसम्मत चयन गरेको हो ।

पार्टी अध्यक्षमा यसअघि उनको धर्मपत्नी तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ रहेकी थिइन । महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितलाई चयन गरेको छ । पुस २६ गतेदेखि टीकापुरमा जारी महाधिवेशनमा देशभरबाट आठ हजार प्रतिनिधि टीकापुर आएका छन् ।

पार्टीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न लागि छलफल भइरहेको जनाइएको छ । नागरिक उन्मुक्तिको केन्द्रीय समिति पाँच सय एक सदस्यीय हुनेमा महाधिवेशनबाट ३३ पदाधिकारीसहित दुई सय ५४ जना चयन गरिनेछ । पार्टीका सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयनका लागि छलफल जारी रहेको र महाधिवेशन शनिबारसम्म चल्ने केन्द्रीय सदस्य लालवीर चौधरीले जानकारी दिए ।


प्रकाशित मिति: २८ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?